रामेछाप, भदौ ५ । रामेछाप जिल्ला मन्थली नगरपालिका–१४ स्थित नेपाली कांग्रेसको वडा इकाइले पार्टीको १५औँ महाधिवेशनको सन्दर्भमा केन्द्रमा देखिएको आन्तरिक विवाद समाधान नभएसम्म महाधिवेशनसँग सम्बन्धित गतिविधिमा सहभागी नहुने जनाएको छ। मन्थली–१४ कांग्रेस इकाइ परिवारले जारी गरेको सूचनामा पार्टीका केन्द्रीय नेताहरूबीच देखिएको आन्तरिक विवादका कारण केन्द्रमा स्थिति नमिलेको भन्दै यस्तो निर्णय गरिएको उल्लेख छ। इकाइको निर्णयअनुसार पार्टीको आन्तरिक एकता र स्पष्ट निर्णय नभएसम्म वडा नं