काठमाडौं । काठमाडौँ उपत्यकाको ऐतिहासिक सांस्कृतिक पर्व ‘इन्द्रजात्रा’ नजिकिएसँगै ऐतिहासिक हनुमानढोका वसन्तपुर दरबार क्षेत्र र कुमारी घरमा चहलपहल निकै चुलिएको छ । एकातिर वसन्तपुर परिसरमा श्री कुमारी, श्री गणेश र श्री भैरवको ऐतिहासिक तीन तले काठका रथहरू मर्मत, रंगरोगन र सजावट गर्ने कार्य तिब्र पारिएको छ भने अर्कातिर कुमारी घरको भित्री चोकमा जीवित देवीदेवतालाई भोग