राष्ट्रियस्तरको यू–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता असोज ५ देखि सुरु

  • आइबार​ ४ असो २०८३ १०:०८ AM
काठमाडौं । नेपालमा बास्केटबल खेलको विकास, विस्तार तथा प्रवर्द्धनलाई थप संस्थागत गर्दै विद्यालय तथा युवा तहका प्रतिभालाई राष्ट्रिय खेलकुदको मूल प्रवाहमा जोड्ने उद्देश्यले राष्ट्रियस्तरको यू–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता २०८३ आयोजना हुने भएको छ। नेपाल बास्केटबल संघ, नेपालया इन्टरनेशनल र प्याब्सनको संयुक्त आयोजनामा प्रतियोगिता असोज ५ गतेदेखि १३ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा देशभरबाट ४० टोलीको सहभागिता रहनेछ। विद्यालय तथा युवा तहमा बास्केटबलप्रतिको बढ्दो आकर्षण र सहभागितालाई व्यवस्थित अवसरमा रूपान्तरण गर्दै प्रतिभावान खेलाडीको पहिचान, विकास तथा प्रोत्साहन गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको ... The post राष्ट्रियस्तरको यू–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता असोज ५ देखि सुरु appeared first on Kalika Khabar.