पोखरा । गण्डकी प्रदेश सरकारले मनास्लु हिमालको आधार शिविरमा आमरण अनसनमा बसेका चुमनुब्री गाउँपालिका–गोरखाका युवालाई अनसन स्थगित गरी वार्तामा आउन आग्रह गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार पत्र पठाउँदै आमरण अनसन र अनसनकारीले राखेका मागप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । सामागाउँका युवाहरूले मनास्लु हिमालको आधार शिविरभन्दा १०० मिटर माथि असोज २ गतेदेखि आमरण अनसन सुरु गरेका छन् । प्रदेश सरकारले हिमताल तथा हिमनदीको जोखिम अध्ययन, सम्भावित हिमताल विस्फोटजन्य बाढी (जीएलओएफ) तथा बाढीबाट सुरक्षा, पूर्वसूचना प्रणाली तथा साइरन जडान, सुरक्षित बस्ती व्यवस्थापन र हिमाली क्षेत्रमा जलवायु ... The post आमरण अनसन स्थगित गरी वार्तामा आउन गण्डकी सरकारको आग्रह appeared first on Kalika Khabar.