काठमाडौँ । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्ने, पदबाट हटाउने वा अध्यक्षको आलोचना गर्ने कुनै विषय प्रतिवेदनमा नरहेको स्पष्ट पारेको छ । कार्यदलले पार्टीभित्र नेतृत्व परिवर्तनको बहस भने नियमित महाधिवेशन र विधान महाधिवेशनमार्फत स्वाभाविक रूपमा उठ्न सक्ने जनाएको छ। आइतबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यदल