खाने तेलमा ‘कडा मापदण्ड’ तोकिँदै

  • आइबार​ ४ असो २०८३ १०:११ AM
सरकारले तोरी, भटमास र सूर्यमुखी तेलको नयाँ मापदण्ड तोक्ने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत नेपाल गुणस्तर तथा नापतौल विभागले खाने तेलको उत्पादन, प्याकेजिङ तथा बिक्री वितरणमा कडा नियम लागु गर्ने तयारी गरेको हो । विभागले तोरी, भटमास (सोयाबिन) र सूर्यमुखी तेलको नयाँ गुणस्तर मापदण्डको अन्तिम मस्यौदा तयार पारिसकेको छ । The post खाने तेलमा ‘कडा मापदण्ड’ तोकिँदै appeared first on Businesspana.