एरिका गुरुङ एसियाली खेलकुदको सेमिफाइनलमा पराजित

  • आइबार​ ४ असो २०८३ ०८:०१ AM
काठमाडौं । नेपाली कराते खेलाडी एरिका गुरुङ एसियाली खेलकुदको सेमिफाइनलमा पराजित भएकी छन् । आइतबार जापानको तोयोहाशी जिम्नाजियममा महिला ६८ केजीमाथिको सेमिफाइनलमा एरिकालाई काजकिस्तानकी सोफिया बेरुल्टसेभाले २–१ ले पराजित गरेकी हुन् । एरिकाले यसअघिको संस्करणको फाइनलमा पनि बेरुल्टसेभासँगै हार व्यहोरेकी थिइन् । यस्तै, नेपाली खेलाडी राकेश मानन्धर र मीनबहादुर तामाङ पनि सेमिफाइनलमै रोकिए । राकेश कुमुते पुरुष ५५ केजीमुनिमा उज्वेकिस्तानका खुमोयुनमिर्जो खलिमोभसँग ७–० ले पराजित भए । मीन ६० केजीमुनिमा कुवेतका अब्दुल्लाह शाबानसँग १०–० ले हारे । The post एरिका गुरुङ एसियाली खेलकुदको सेमिफाइनलमा पराजित appeared first on Kalika Khabar.