ललितपुर । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा मात्र सीमित नगरी विपद् तथा सङ्कटका समयमा समेत उपयोग गर्नुपर्नेमा जोड दिएका छन् । आइसिटी फाउन्डेसन नेपालद्वारा आज आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ’मा उनले नागरिकलाई निरन्तर सेवा, सूचना र सञ्चार उपलब्ध गराउन सक्नेगरी दिगो एवं उत्थानशील डिजिटल