काठमाण्डु – विश्वव्यापी रूपमा बढ्दो तापक्रमले हिमालय क्षेत्रलाई प्रत्यक्ष प्रभावित गरिरहेका बेला भारतको उत्तराखण्डका हिमनदीहरू पनि जोखिममा परेका छन् । हालै गरिएको एक अध्ययनले उत्तराखण्डका २३ प्रमुख हिमनदी तीव्र गतिमा पग्लिरहेको देखाएको छ । जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमनदी पग्लिने गति बढेको भए पनि हिमनदीको आकार, ढलान र त्यसमा जम्मा भएको माटो