काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले संस्थापन पक्षले गरेको महाधिवेशन प्रक्रियामा आफू सहभागी नभएको स्पष्ट पारेका छन् । उनले यो महाधिवेशनको कुनै पनि प्रक्रियामा आफ्नो सहभागिता नरहेको र नरहने जनाएका छन् । सामाजिक सञ्जालमार्फत आइतबार आफ्नो धारणा सार्वजनिक गर्दै कांग्रेस नेता खड्काले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वमा भइरहेको महाधिवेशनको कुनै