एजेन्सी । ल्याटिन अमेरिकामा लागुऔषध तस्करीविरुद्ध ट्रम्प प्रशासनले सञ्चालन गरिरहेको अभियानअन्तर्गत अमेरिकी सेनाले शनिबार क्यारिबियन सागरमा लागुऔषध तस्करीमा प्रयोग भएको आशङ्का गरिएको एउटा डुङ्गामा आक्रमण गर्दा चार जनाको मृत्यु भएको छ । ट्रम्प प्रशासनले ‘नार्को–आतङ्कवादी’ भन्दै लक्षित गर्न थालेयता अमेरिकी सेनाले डुङ्गामाथि गरेको आक्रमणमा मारिनेको सङ्ख्या पछिल्लो घटनासहित कम्तीमा २३१ पुगेको छ । पूर्वी प्रशान्त