काठमाडौं । बर्दियामा गुडिरहेको विद्युतीय सवारी साधन (ईभी) हाइसमा अचानक आगलागी भएको छ । कोहलपुरबाट कैलालीको धनगढीतर्फ जाँदै गरेको सु.प.प्र. ०१-००२ ज ४३३ नम्बरको भाडाको फोटोन ईभी हाइसमा आइतबार बिहान आगलागी भएको हो । बर्दियाको बारबर्दिया नगरपालिका–७ स्थित रम्मापुर, ५ नम्बर चोक नजिक महेन्द्र राजमार्गमा बिहान करिब ६ः५० बजे गुडिरहेको अवस्थामा हाइसमा एक्कासी आगो सल्किएको