एजेन्सी । चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको नानिङमा जारी २३ औँ चीन–आसियान एक्स्पोमा कृत्रिम बुद्धिमत्ता सम्बन्धी उत्पादनहरू मुख्य आकर्षण बनेका छन् । एक्स्पोमा रहेको ‘एआई मार्केटप्लेस’मा ७० भन्दा बढी कम्पनीका करिब ५ सय वटा एआईसम्बन्धी उत्पादन प्रदर्शनमा राखिएका छन् । यस वर्षको एक्स्पोमा एआई सहकार्य प्रमुख विषयका रूपमा अघि आएको छ । भियतनामको उद्योग तथा