एउटा मौरी घारबाट निस्कन्छ । केही क्षणमै फूलसम्म पुग्छ । पराग लिएर फर्किन्छ । फेरि उड्छ । फेरि फर्किन्छ । बाहिरबाट हेर्दा यो सामान्य चक्रजस्तो लाग्छ । तर बैज्ञानिकहरुले आकाशबाट ड्रोनले उसको यात्रा पछ्याउँदा अर्कै कथा देखियो–ऊ हरेक पटक लगभग उही बाटोबाट उडिरहेको थियो । कतिपय अवस्थामा अघिल्लो यात्राबाट केही सेन्टिमिटर मात्र फरक दूरीमा उडेको