हिन्दू राष्ट्रको बहस गरेर मात्रै हिन्दू धर्म वा मौलिक संस्कृति जोगिँदैन : संविधानविद् अधिकारी

  • आइबार​ ४ असो २०८३ ०३:५४ AM
संविधानविद् तथा वरिष्ठ अधिवक्ता डा. विपिन अधिकारीले नेपालको धर्मनिरपेक्षता धर्मविहीन समाज निर्माण गर्ने अवधारणा नभई मुलुकमा विद्यमान धार्मिक तथा सांस्कृतिक पहिचानको संरक्षण गर्ने व्यवस्था भएको बताएका छन् । नेपालको संविधानले नेपाललाई धर्मनिरपेक्ष राज्यका रूपमा परिभाषित गर्दै ‘सनातनदेखि चलिआएको धर्म, संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता’लाई धर्मनिरपेक्षताको अर्थका रूपमा स्पष्ट गरेको छ । अधिकारीले धर्मका विषयमा संकीर्ण