काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता वर्षमान पुनले वर्तमान सरकार स्वेच्छाचारी, निरंकुश र गैरजिम्मेवार ढंगले अघि बढेको आरोप लगाएका छन् । सरकारविरुद्ध जनता विद्रोहका लागि सडकमा उत्रने तयारीमा रहेको पनि उनको दाबी छ । नेकपा गण्डकी प्रदेश सम्पर्क समितिद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा पुनले दशैं, तिहार र छठपछि सरकारविरुद्ध ठूलो विद्रोह हुने बताए । विद्रोहमा उत्रिएका जनताको नेतृत्व कसरी गर्ने भन्नेबारे अहिल्यैदेखि तयारी गरिराख्न पार्टी पंक्तिलाई आग्रह गरे । ३५ वर्षमा केही पनि भएन भनेर भ्रामक प्रचार गरेर शक्तिमा आएकाहरुले प्राकृतिक प्रकोपपछि उद्धार राहतको काममा असफल भएको तथा किसानलाई मल र आममानिसलाई ग्यास दिन नसकेको बताए । महंगीले चरम सीमा पार गर्दा सरकारको उपस्थिति नदेखिएको पुनले उल्लेख गरे । ‘३५ वर्षमा के गरे भनेर प्रश्न गर्नेहरुको सरकारले रसुवा बाढीपछि उद्धार र राहतमा के गरे