सप्तरीमा ठूलो परिमाणमा गाँजा बरामद भएको छ। प्रहरीले डाक्नेश्वरी नगरपालिका–६ कटैया गाउँस्थित एक घरबाट करिब १४ सय किलो गाँजा बरामद गरेको हो। राति करिब पौने १ बजे विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म पातो र नेपाल प्रहरीको संयुक्त टोलीले भोला सदाको घरमा खानतलासी गरेको थियो। त्यसक्रममा घरमा लुकाएर राखिएको अवस्थामा ५६