रसुवामा आएको बाढीका कारण हालसम्म १ हजार ४११ जनाको मृत्यु भएको पुष्टि भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार साँझ ७ बजेसम्मको अद्यावधिक तथ्यांक सार्वजनिक गर्दै मानवीय क्षति तथा उद्धार विवरण बाहिर ल्याएको हो । फेला परेका मृतकको विवरणमा ५४९ पुरुष, ३३६ महिला तथा ५२६ वटा आंशिक मानव अंगहरू रहेका छन्