२० रुपैयाँबाट सुरु भएको माउण्ट एभरेस्ट सहकारीको नाफा ९८ लाख, सदस्य ४ हजार ३०६

  • शनिबार ३ असो २०८३ ०३:१७ PM
बाणगङ्गा । कपिलवस्तुको बाणगङ्गा नगरपालिका–५, कोपवामा २० रुपैयाँ बचतबाट सुरु भएको माउण्ट एभरेस्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो वित्तीय तथा संस्थागत यात्रा थप मजबुत बनाउँदै लगेको छ । संस्थामा हाल ४ हजार ३०६ सदस्य आबद्ध छन् भने आर्थिक वर्ष २०८२/८३ मा ९८ लाख ७१ हजार ५ सय रुपैयाँ शुद्ध नाफा कमाउन सफल भएको