काठमाण्डु – नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिता २६ अक्टोबरदेखि २१ नोभेम्बर २०२६ सम्म त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ । लिग चरणमा ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको उद्घाटन खेलमा २६ अक्टोबरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा