काठमाण्डु – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत शनिबारदेखि वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार पहिलो दिन ४३ जिल्लाका ३ हजार ३९६ वडामा अधिवेशन सम्पन्न भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन हुँदैछ । त्यसअन्तर्गत शनिबार वडा अधिवेशन प्रक्रिया सुरु गरिएको