नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले शनिबार ४३ जिल्लाका तीन हजार ३९६ वडामा वडा अधिवेशन सम्पन्न भएको जानकारी दिएको छ । शनिबार साँझ निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जारी गरेको प्रेस विज्ञप्तिअनुसार १५ औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन उत्साहप्रद रूपमा प्रारम्भ भएको छ । विज्ञप्तिअनुसार ताप्लेजुङ, पाँचथर, संखुवासभा, धनकुटा, सोलुखुम्वु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक,