सुनसरीको देवानगञ्जमा गोली चल्यो, एकजना घाइते

  • शनिबार ३ असो २०८३ ०१:४० PM
सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा गोली चलेको छ। गोली लागेर एकजना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि विराटनगर ल्याइएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए। उनका अनुसार घाइतेको तिघ्रामा चोट  लागेको खबर आएको छ। गोली किन र कसले चलाएको भन्ने विषयमा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए।