संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

  • शनिबार ३ असो २०८३ १२:१८ PM
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कागजमा लेखिएका शब्दहरूको संग्रह मात्र नभई नागरिकका सपना, आशा, अपेक्षा र अधिकारको साझा प्रतिज्ञा भएको बताएका छन् । संविधान दिवसका अवसरमा शितल निवासमा शनिवार आयोजित चियापान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । राष्ट्रपति पौडेलले विपत्तिले विकासको अर्थ सडक, पुल र भवन निर्माणमा मात्र सिमित नभएको स्मरण गराएको बताए