काठमाडौं । नेपाली टी–२० राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्र सिंह ऐरीले एशियन गेम्समा पदक जित्ने लक्ष्य रहेको बताएका छन् । शनिवार एशियन गेम्समा सहभागी हुने नेपाली टोलीको बिदाइ कार्यक्रममा उनले नेपाली टोली पदक जित्ने लक्ष्यका साथ जापान प्रस्थान गर्न लागेको बताएका हुन् । ऐरीले पछिल्ला खेलमा टोलीको प्रदर्शन, टिम बन्डिङ र खेलाडीहरूको अनुभव राम्रो रहेकाले