काठमाडौं । संघियताविद् खिमलाल देवकोटाले संघीयताले राज्य संयन्त्रलाई जनताको घरदैलोसम्म पुर्याएको बताएका छन् । संविधान दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उनले संघीयता संवैधानिक विकेन्द्रीकरणको महत्त्वपूर्ण आधार भएको बताएका हुन् । उनले नेपालको संविधानले तीन तहको राज्य संयन्त्रको व्यवस्था गरेर शक्ति बाँडफाँट गरेको बताए । दूरदराजका नागरिकले सरकारको अनुभुति गर्नको लागी संघियता अतिआवश्यक रहेको उनको भनाई