पिपरा प्रहरी प्रमुख कार्कीलाई उद्योग व्यापार संघको स्वागत, बाणगंगाको सुरक्षामा सहकार्यको खाँचो

  • शनिबार ३ असो २०८३ ०१:०६ PM
कपिलवस्तु । बाणगंगा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने विषयमा प्रहरी र व्यवसायीबीच सहकार्यलाई प्रभावकारी बनाउने विषयमा उद्योग व्यापार संघ कपिलवस्तु र इलाका प्रहरी कार्यालय पिपराका प्रमुखबीच छलफल भएको छ। इलाका प्रहरी कार्यालय पिपराको प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्नुभएकी प्रहरी निरीक्षक कालिका कार्कीलाई उद्योग व्यापार संघ कपिलवस्तुले स्वागत गर्दै क्षेत्रको सुरक्षा अवस्थाबारे व्यवसायीका चासो र अपेक्षासमेत राखेको