काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले व्यापार घाटा कम गर्न आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिनुपर्ने बताएकी छन् । शनिवार काठमाडौंमा आयोजित ‘हिमाल, जलवायु र विपद् अन्तरसंवाद’ कार्यक्रममा बोल्दै उनले आत्मनिर्भर नभई अन्तरनिर्भर अर्थतन्त्र निर्माण गर्न नसकिने बताएकी हुन् । नेपालको आर्थिक अवस्थाबारे धेरै छलफल हुने गरेको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले मुलुकको व्यापार घाटा ठूलो रहेको