जलवायु संकट समाधानमा शक्ति राष्ट्रले अझै प्रभावकारी कदम चालेनन्ः विद्यादेवी भण्डारी

  • शनिबार ३ असो २०८३ १२:०८ PM
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी तापक्रम वृद्धि नियन्त्रणका लागि शक्ति राष्ट्रहरूले प्रभावकारी कदम चाल्न नसकेको बताएकी छन् । शनिवार काठमाडौंमा आयोजित ‘हिमाल, जलवायु र विपद् अन्तरसंवाद’ कार्यक्रममा बोल्दै उनले नेपालले संयुक्त राष्ट्रसंघ तथा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप) लगायतका मञ्चमा जलवायु परिवर्तनमा नेपालको न्यून योगदान भएपनि त्यसको असर अन्यायपूर्ण रूपमा भोग्नुपरेको विषय उठाउँदै आए