अर्थमन्त्री डा. वाग्ले भारत भ्रमण पूरा गरी स्वदेश फिर्ता

  • शनिबार ३ असो २०८३ ११:३० AM
काठमाण्डु – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारतको ३ दिने भ्रमण पूरा गरी शनिबार स्वदेश फर्किएका छन् । दिल्लीस्थित विमानस्थलमा उनलाई भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावर र भारतका लागि नेपालका कार्यबाहक राजदूत डा. सुरेन्द्र थापाले बिदाइ गरेका थिए । भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले भारतीय विदेशमन्त्री डा. एस जयशंकर र वित्तमन्त्री निर्मला सितारमणसँग भेटवार्ता गर्दै