काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको व्यापार घाटा कम गर्न आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिनुपर्ने बताएकी छन् । शनिबार काठमाडौंमा आयोजित ‘हिमाल, जलवायु र विपद् अन्तरसंवाद’ कार्यक्रममा बोल्दै उनले आत्मनिर्भर नभई अन्तरनिर्भर अर्थतन्त्र निर्माण गर्न नसकिने बताइन् । नेपालको व्यापार घाटा ठूलो रहेको उल्लेख गर्दै भण्डारीले अन्तरनिर्भर अर्थतन्त्रको कुरा गर्नुअघि देशभित्रै उत्पादन बढाएर आत्मनिर्भर बन्नुपर्नेमा