विकासलाई मानिसको भविष्य र सुरक्षासँग जोड्नुपर्छ : राष्ट्रपति पौडेल

  • शनिबार ३ असो २०८३ ११:०२ AM
काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई सडक, भवन र पुल निर्माणमा मात्र सीमित नराखी मानिसको भविष्य र सुरक्षासँग जोड्नुपर्ने बताएका छन्। संविधान दिवसका अवसरमा सन्देश दिँदै राष्ट्रपति पौडेलले विकासका ढाँचा मानवीय र प्रकृतिमैत्री हुनुपर्नेमा जोड दिए।