काठमाडौं। रसुवामा गएको बाढीबाट प्रभावित परिवारको सहयोगार्थ ‘मेरो सानो सहयोग राष्ट्रलाई’ नारासहित ‘२० कवि २० कविता’ च्यारिटी शो आयोजना गरिएको छ । शनिबार बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा आयोजित कार्यक्रममा २० कविले कविता वाचन गर्दै बाढीपीडितका लागि सहयोग जुटाएका हुन् । कार्यक्रममा अमरदीप सुनुवार, उषा शेरचन, एसपी कोइराला, ओम रिजाल, कल्पना काफ्ले, कृसु क्षेत्री, गीता त्रिपाठी, ज्योति