संविधान दिवसमा ३०० बढी साइक्लिस्टको र्‍याली, दर्ता शुल्कको २५ प्रतिशत विपद् कोषमा

  • शनिबार ३ असो २०८३ १०:२० AM
काठमाडौं । संविधान दिवसको अवसरमा काठमाडौं शिक्षालय ललितपुरले बाढीपहिरो प्रभावितप्रति ऐक्यवद्धता जनाउँदै साइकल र्‍याली आयोजना गरेको छ । ‘बाढीपीडितका लागि साइकल र्‍याली, मानवताका लागि एकता’ नारासहित आयोजित र्‍यालीमा ३०० भन्दा बढी साइक्लिस्ट सहभागी भएका थिए । महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले र्‍यालीको उद्घाटन गरेका थिए । इमाडोलबाट सुरु भएको र्‍याली ग्वार्को, बालकुमारी, टिकाथली, बालकोट, लुभु