काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेल क्षेत्रको विकास र खेलाडी उत्पादनका लागि प्रदेश सरकारले आवश्यक बजेट व्यवस्थापन गर्ने बताएका छन् । हेटौँडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयले शनिबार आयोजना गरेको दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री थापाले खेलाडीका समस्या समाधान गर्दै उनीहरूलाई व्यवस्थित रूपमा अघि बढाउने नीति प्रदेश सरकारले लिने