पूर्वमन्त्री हृदयेश त्रिपाठीले नेपालको संविधानमा संशोधनको आवश्यकता भए पनि त्यसका लागि अहिले अपनाइएको प्रक्रिया र राजनीतिक तयारी पर्याप्त नरहेको बताएका छन् । संविधानलाई समयअनुकूल संशोधन गर्दै लैजानुपर्ने भए पनि विषयको गम्भीरताअनुसार राजनीतिक दलहरूले इमानदारीपूर्वक बहस अघि बढाउन नसकेको उनको भनाइ छ । त्रिपाठीका अनुसार नेपालको संविधान विशेष राजनीतिक परिस्थितिमा निर्माण भएको हो । पहिलो संविधानसभा