काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण पूरा गरी शनिबार स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बलाधिकृत रथी प्रदीपजङ्ग केसीले स्वागत गरेका थिए । चीन भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले चिनियाँ रक्षामन्त्री तथा उच्च सैनिक अधिकारीहरूसँग भेटवार्ता गरेका थिए । उनले चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (एनडीयू) सहित विभिन्न सैनिक तालिम तथा