काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष तथा व्यवसायी डा. शेष घले र उनकी पत्नी जमुना गुरुङले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाका लागि ५७ करोड ८५ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । घले दम्पतीको एमआईटी ग्रुप फाउन्डेसनले बाढीबाट प्रभावित १८ वर्षमुनिका बालबालिकाको शिक्षा तथा आधारभूत आवश्यकताका लागि उक्त रकम सहयोग गर्ने घोषणा गरेको हो