सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो : राष्ट्र बैंक

  • शनिबार ३ असो २०८३ ०९:०१ AM
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरुप्रसाद पौडेलले सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीका कारण नेपालमा परियोजना आधारित कर्जा प्रवाह निरुत्साहित भएको बताएका छन् । काठमाडौंमा आयोजित ‘बैङ्किङ क्षेत्रका विद्यमान चुनौती र अर्थतन्त्र’ विषयक कार्यक्रममा बोल्दै पौडेलले नेपालमा प्रवाह हुने कुल कर्जाको करिब ६७ प्रतिशत हिस्सा सम्पत्ति वा धितोमा आधारित रहेको बताए ।