भदौमा घरजग्गा कारोबारबाट ३ अर्ब ९१ करोड राजस्व संकलन

  • शनिबार ३ असो २०८३ ०७:३८ AM
काठमाडौं । २०८३ सालको भदौमा देशभर भएको घरजग्गा कारोबारबाट सरकारले ३ अर्ब ९१ करोड २८ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार देशभरका १५८ वटा मालपोत कार्यालय तथा स्थानीय तहबाट उक्त राजस्व संकलन भएको हो । भदौमा सबैभन्दा धेरै राजस्व रजिष्ट्रेशन दस्तुर र पूँजीगत लाभकरबाट उठेको छ ।