काठमाडौं । १ अर्ब ३४ करोड ७८ लाख रुपैयाँभन्दा बढीको अवैध हुण्डी कारोबार गरेको आरोपमा धनुषाबाट एक जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले धनुषाको शहीदनगर नगरपालिका–४ का २४ वर्षीय अजय कुमार मुखियालाई पक्राउ गरेको हो । सीआईबीका अनुसार विभिन्न मुलुक, विशेषगरी मलेसियाबाट हुण्डीमार्फत रकम कारोबार