काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भारतीय उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानीका अवसर खोज्न र लगानी विस्तार गर्न आह्वान गरेका छन् । नयाँ दिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई) ले आयोजना गरेको व्यापार तथा लगानी अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् । कार्यक्रममा उनले नेपालमा लगानीका लागि सम्भावना भएका विभिन्न क्षेत्रबारे