नेपालमा लगानी विस्तार गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आग्रह

  • शनिबार ३ असो २०८३ ०६:०७ AM
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायिक नेताहरूलाई नेपालमा लगानी र व्यापारका अवसरहरूको खोजी र विस्तार गर्न आह्वान गरेका छन् । उनले नेपालमा लगानीका लागि यो उपयुक्त समय भएको समेत बताए । नयाँ दिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (CII) द्वारा आयोजित व्यापार तथा लगानी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै