काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानीका नयाँ अवसर खोज्न र भइरहेको लगानी विस्तार गर्न भारतीय उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका छन् । ‘कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री’ द्वारा नयाँ दिल्लीस्थित ‘इन्डिया ह्याबिट्याट सेन्टर’ मा आउयोजित कार्यक्रममा व्यापार तथा लगानी अन्तरक्रियामा उनले नेपालमा अहिले लगानीका लागि उपयुक्त वातावरण रहेको उल्लेख गर्दै भारतीय निजी क्षेत्रलाई आर्थिक रूपान्तरणको