शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौँ : बालने [पूर्णपाठ]

  • शनिबार ३ असो २०८३ ०६:३९ AM
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले शहीदहरूको रगतले लेखिएको संविधानलाई काममार्फत पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । संविधान दिवसका अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री साहले संविधान जारी भएको दिन हरेक वर्ष आउने भए पनि संविधान पूर्णरूपमा कार्यान्वयन हुने दिन आफैंले ल्याउनुपर्ने बताए । उनले इमानदार निर्णय, पारदर्शी नियुक्ति र नागरिकलाई प्रभावकारी सेवा प्रवाहमार्फत जनताको