चितवनमा ३८ छावाको बाबु जंगली हात्ती ‘रोनाल्डो’ मृत भेटिए

  • शनिबार ३ असो २०८३ ०७:०० AM
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा भेटिएको छ । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार रोनाल्डो शनिबार बिहान चितवनको मध्यवर्ती क्षेत्रअन्तर्गत २० हजारी ताल नजिकैको कुमाल ताल क्षेत्रमा मृत भेटिएको हो । रोनाल्डोको मृत्युको कारणबारे अनुसन्धान भइरहेको थापामगरले जानकारी दिए । निकुञ्जका अनुसार रोनाल्डो ३८ वटा छावाको बाबु हो ।