संविधान समीक्षा गर्दा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राख्नुपर्छ : रवि लामिछाने

  • शनिबार ३ असो २०८३ ०५:४६ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधानको समीक्षा गर्दा समाजको पिँधमा रहेका नागरिकलाई केन्द्रमा राख्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै लामिछानेले आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनको बलियो आधार निर्माण गर्ने काम अझै पूरा हुन नसकेको बताएका हुन् । उनले संविधानले सुनिश्चित गरेका मौलिक हकहरू सीमान्तकृत नागरिकको