संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार हो : मुख्यमन्त्री आचार्य

  • शनिबार ३ असो २०८३ १०:२० AM
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएको बताएका छन् ।  संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले संवैधानिक अधिकारको  कार्यान्वयन तथा पूर्ण परिपालनामा जोड दिएका छन् । संविधानका उपलब्धिको रक्षासँगै उनले संविधानको मर्मअनुरूप अघि बढ्न राष्ट्रिय एकता, सहकार्य  आवश्यक भएको बताएका छन् ।  सन्देशमा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकार संविधानप्रदत्त अधिकारको कार्यान्वयन, सङ्घीयताको सुदृढीकरण र नागरिक केन्द्रित सेवाका लागि प्रतिबद्ध रहेको बताएका छन् ।