काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले वर्तमान सरकार संविधानको अक्षर र भावना दुवैप्रति पूर्णरूपमा प्रतिवद्ध रहेको बताएका छन् । शनिबार संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री साहले संविधानप्रति सरकार पूर्णरूपमा प्रतिवद्ध रहेको बताए । ‘यो संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्णरूपमा प्रतिवद्ध छ,’ उनले भने । उनले संविधान आफैमा राम्रो भए पनि त्यसको कार्यान्वयन गर्ने पक्ष इमानदार र निरन्तर सक्रिय हुन नसके संविधान कागजमा मात्र सीमित हुने बताए । ‘संविधान जति राम्रो भए पनि यसलाई चलाउने हात इमानदार र अनवरत क्रियाशील भएनन् भने यो ... The post संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्णरूपमा प्रतिवद्ध छ : प्रधानमन्त्री बालेन appeared first on Kalika Khabar.