संविधान जनताको अधिकार संस्थागत गर्ने युगान्तकारी दस्तावेज हो : प्रचण्ड

  • शनिबार ३ असो २०८३ ०३:३८ AM
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधान २०७२ कुनै औपचारिक कानुनी दस्तावेज मात्र नभएको बताएका छन् । संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले नेपालको संविधान २०७२ कुनै औपचारिक कानुनी दस्तावेज मात्र नभई युगान्तकारी परिवर्तनलाई संस्थागत गर्ने ऐतिहासिक दस्तावेज भएको बताए । उनले भने, ‘नेपालको संविधान २०७२ कुनै एउटा औपचारिक कानुनी दस्तावेज मात्रै होइन । यो युगान्तकारी परिवर्तनलाई संस्थागत गर्ने एउटा ऐतिहासिक सङ्कल्प पनि हो, ऐतिहासिक दस्तावेज पनि हो । पहिलोपटक यो संविधानले नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न तुल्याएको छ ।’ उनले संविधानलाई नेपाली जनताको दशकौं लामो संघर्ष, जनआन्दोलन, ... The post संविधान जनताको अधिकार संस्थागत गर्ने युगान्तकारी दस्तावेज हो : प्रचण्ड appeared first on Kalika Khabar.